एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर निर्वाचित
गोरखा | फागुन २८, २०८०
गाेरखा: नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् ।
आठौँ जिल्ला अधिवेशन अन्तर्गत आइतबार राति सकिएको मतगणना अनुसार उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले हराएर विजयी भएका हुन् । थापाले २८० मत पाउँदा नेपालीले २०५ मत ल्याए ।
नयाँ कमिटीको उपाध्यक्षमा कमल दानी र कृष्ण काप्रीलाई हराएर मेनबहादुर अधिकारी विजयी भए ।
अधिकारीले २७० मत प्राप्त गर्दा दानीले १२१ र काप्रीले ७१ मत ल्याए । सचिवमा सर्वाधिक ३५३ मत ल्याएर काजीराम रोका विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए ।
उपसचिवमा मनोज जोशी र शान्ति चापागाईं निर्वाचित भएका छन् । जोशीले २६५ मत सहित विजयी हुँदा प्रतिस्पर्धीहरू विष्णुप्रसाद पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत पाए । अर्को उपसचिवमा चापागाईंले ३२० मत पाउँदा नानीमाया थापाले १५० मत ल्याइन् ।
म्याग्दी: मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट...
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका ...
पोखरा: पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादा...

